SHARE
अन्नपूर्ण · आइबार​ ३१ जेठ २०८३ १०:०० AM · 1 मिनेट पढाइ

वर्षौंको प्रतिक्षा, हाइटीविरुद्ध स्कटल्यान्डको जित

काठमाडौं : फिफा विश्वकप २०२६ को समूह सी अन्तर्गतको दोस्रो खेलमा स्कटल्यान्डले हाइटीलाई १–० ले पराजित गरेको छ।बोस्टन स्टेडियममा भएको खेलमा हाइटीलाई हराउँदै स्टकल्यान्डले समूह चरणको पहिलो खेलमा ३ अंक जोड्दै शिर्ष स्थानमा रहने भएको छ। खेलको २८ औं मिनेटमा जोन म्याकगिनले गोल गर्दै स्कटल्यान्डलाई अग्रता दिलाएका थिए। खेलको पहिलो हाफमा हाइटीको फिनिसिङ टच राम्रो भएको थिएन। दोस्रो हाफमा भने केही सुधारिएको प्रहारहरु हाइटीले बनायो।