SHARE
अन्नपूर्ण · आइबार​ ३१ जेठ २०८३ १०:०० AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार राति नै चीन उडे

काठमाडौं :  परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार राति क्याथे प्यासिफिक एयरवेजको जहाजबाट हङकङ हुँदै बेइजिङ प्रस्थान गरेका छन्।चार दिवसीय भ्रमणका लागि चीनतर्फ लागेका मन्त्री खनालको साथमा सहसचिव भृगु ढुङ्गाना, उपसचिवहरू हिमाल अर्याल, गङ्गा सुन्दास र मधुसूदन भट्टराईसमेत रहेकाे  परराष्ट्र मन्त्रालय स्रोत जनाएकाे छ। खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका हुन्।