भारतीयको रोजाइमा नेपालको पहाड : पोखरा र मुक्तिनाथ भरिभराउ
पोखरा : भारतको राजस्थानबाट पोखरा आएकी कृष्णा बाई मिणालाई बल्ल सूर्यभन्दा निकै टाढा आएर शीतलमा बसेको महसुस भइरहेको छ। केही दिनदेखि पोखरा घुमिरहेकी उनलाई आफ्नो ठाउँमा भने सूर्यनजिकै आएको जस्तो लाग्थ्यो। अर्थात् गर्मीले बसिनसक्नु थियो। त्यही गर्मी छल्न सपरिवार उनी नेपालको भ्रमणमा आएकी हुन्। त्यसमा पनि उनलाई सबैभन्दा धेरै मुस्ताङको मुक्तिनाथ र पोखरा मन पर्यो। भन्छिन्, ‘पहिला पहाड पर्वत, भीर देखेर डर पनि लाग्यो, तर पछि लागेन। पोखरामा त पानी परिरहँदोरै’छ, आनन्द लागिरा’छ।
