SHARE
अन्नपूर्ण · आइबार​ ३१ जेठ २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

बजेटपछि खस्किएको सेयर बजारको गति उस्तै

काठमाडौं : बजेट घोषणापछिको सेयर बजारले ओरालो यात्राको तय गरेकोमा जेठको चौथो सातामा पनि उही क्रम रह्यो। यस साता ५ दिनै सेयर कारोबार भयो। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) १ दिन सामान्य बढ्यो भने ४ दिन घट्यो।अघिल्लो साता पनि सेयर बजार घटेकै थियो।अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २७५५.४१ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार दोहोरो अंकले घट्यो। त्यसदिन नेप्से २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा झर्‍यो ।त्यसको भोलिपल्ट मंगलबार पनि सामान्य अंकले घट्यो।