विकृतिविरुद्ध उभियोस् इप्पान
सबैजसो दलहरूले नेपालको अपार जलस्रोतको उपयोग गर्ने वाचा गर्छन्। हजारौं मेगावाट बिजुली उत्पादनका ठूलाठूला नारा लगाउँछन्। तर, देशमा अहिले पनि ३५ सय मेगावाटको जडित क्षमता मात्र छ। भारत र बंगलादेशमा बिजुली निर्यात हुन थाल्यो भने पनि हिउँद याममा भने भारतबाट आयात गरिरहनुपरेकै छ। गएको चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टीले १० वर्षभित्र नेपालको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पु¥याउने वाचा गरेको थियो। पुराना पार्टीले पनि २०औं हजार र २५औं हजारको घोषणा गरे।
