ऐतिहासिक शान्ति सम्झौतानजिक अमेरिका र इरान
वासिङ्टन (एजेन्सीहरू): विगत चार महिनादेखि भीषण युद्धमा होमिएका अमेरिका र इरान ऐतिहासिक शान्ति सम्झौताको अन्तिम बिन्दुमा पुगेका छन्।दुवै देशबीच युद्ध अन्त्य गर्ने सम्झौताको मस्यौदा तयार भई आगामी २४ घण्टाभित्रै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने मध्यस्थकर्ता राष्ट्रहरूले दाबी गरेका छन् ।ऐतिहासिक वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले दुवै पक्ष इतिहासमै पहिलोपटक शान्ति सम्झौताको सबैभन्दा नजिक पुगेको पुष्टि गरेका छन्।
