SHARE
अन्नपूर्ण · आइबार​ ३१ जेठ २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

इरानसँगको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि आइतबार (आज) सम्झौतामा हस्ताक्षर हुने बताएका छन्। यद्यपि, इरानले भने सम्झौताको समय सीमाप्रति आशंका व्यक्त गरेको छ।सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ट्रम्पले सम्झौता सम्पन्न हुनासाथ विश्वकै प्रमुख व्यापारिक जलमार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुला गरिने दाबी गरेका छन्।