SHARE
प्रदेश खबर · शनिबार ३० जेठ २०८३ ०४:१७ PM · 1 मिनेट पढाइ

झापामा गुण्डागर्दी गर्ने घटनामा निर्वाचन कार्यालयकै कर्मचारी संलग्न रहेको खुलासा !

झापा : भद्रपुरस्थित एक होटेलमा खुकुरी र चक्कु देखाएर आतङ्क मच्चाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै जना जिल्ला निर्वाचन कार्यालय झापाका कर्मचारी रहेको खुलेपछि घटना थप चर्चामा आएको छ।