६ लाख ८७ हजार सदस्यले गराए कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
काठमाडौं : नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीस्वरूप सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत हालसम्म ६ लाख ८७ हजार ९३१ सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको जनाएको छ।
