सरकार लावारिस जस्तो भयो : महासचिव दाहाल
भक्तपुर : नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सरकार जति भन्दा पनि नटेर्ने लावारिस जस्तो भएको टिप्पणी गरेका छन् । शनिवार भक्तपुर शाखाको साधारण सभालाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन् । सरकारले निजी मिडियामा आर्थिक नाकाबन्दी गरेको र त्यसले श्रमजीवी पत्रकारको रोजगारी संकटमा परेको उनले बताए । विज्ञापनमा अनियमितताको बहाना बनाएर गरिएको नाकाबन्दीबिरुद्ध महासंघ आन्दोलनमा भएको तर, सरकारले नसुनेकोप्रति महासचिव दाहालले दुःख व्यक्त गरे ।
