कपिलवस्तुमा होराइजन विद्यालयको चम्किलो नतिजा, मनिस गिरी जिल्ला टप
कपिलवस्तुको बाणगंगा नगरपालिका–४, सिद्धिपुरस्थित होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयका छात्र मनिस गिरीले ३.९० जिपिए ल्याउँदै जिल्लामै उच्चतम स्थान प्राप्त गरेका छन्। विद्यालय प्रशासनका अनुसार कूल परीक्षार्थीमध्ये २२ जनाले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
