SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ जेठ २०८३ १०:०० AM · 1 मिनेट पढाइ

कसले जित्ला विश्वकप ?

काठमाडौं : यस पटकको फिफा विश्वकप फुटबल कसले जित्ला ? अहिले विश्वभरका फुटबल समर्थकले चासोका साथ आफैलाई सबैभन्दा बढि सोध्ने प्रश्न हो, यो। किनकी प्रत्येक चार वर्षमा हुने विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता बिहीबार रातिबाट मेक्सिको, क्यानडा र अमेरिकामा एकसाथ सुरु भएको छ।विगतको तुलनामा प्रतियोगिताको आकार डेढ गुणा बढेको छ। ३२ बाट सहभागी टोलीको संख्या ४८ पुग्दा कतिपय प्रतिस्पर्धीको विषयमा धेरै समर्थकलाई जानकारी पनि नहुन सक्छ।