SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ जेठ २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

सुखद इतिहास पछ्याउला कि २०१४ को नियति दोहोरिएला ?

काठमाडौं/ अमेरिका : तीन देशका तीन सहरमा उद्घाटन भएर विश्व फुटबलको महासंग्राम फिफा विश्वकपको २३औं संस्करण सुरु भएको छ। मेक्सिकोको मेक्सिको सिटीमा अवस्थित एस्टाडियो एस्टेका, क्यानडाको टोरोन्टोस्थित बीएमओ रंगशाला र अमेरिकाको लस एन्जल्सस्थित सोफी रंगशालामा विश्वकपको उद्घाटन गरिएको थियो। ४८ देशको सहभागिता रहेको यस पटकको विश्वकपमा १ सय ४ खेल हुनेछ। मेक्सिको, क्यानडा र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा ७८ खेल अमेरिकामा, १३ मेक्सिको र १३ क्यानडामा खेलाइनेछ।