SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ जेठ २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

इरानको कडा चेतावनी: ट्रम्पको दाबी भ्रम मात्रै हो, रेड लाइन्समा सम्झौता हुँदैन

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध रोक्ने 'शानदार' शान्ति सम्झौता भइसकेको र यसै साता हस्ताक्षर हुने दाबी गरे पनि तेहरानले त्यसलाई अस्वीकार गरेको छ। इरानले ट्रम्पको यो दाबीलाई केवल 'अड्कलबाजी' को संज्ञा दिँदै अमेरिकासँग अझैसम्म कुनै पनि सम्झौता फाइनल नभएको स्पष्ट पारेको हाे।