SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ जेठ २०८३ ०४:०० AM · 1 मिनेट पढाइ

विश्वकपको उद्घाटन खेलमा सहआयोजक मेक्सिकोको विजयी सुरुवात, पहिलो खेलमा ३ रातो कार्ड

काठमाडौं : फिफा विश्वकप– २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै विजयी सुरुवात गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो । खेलको पहिलो हाफमा १ गोल बेहोरेको दक्षिण अफ्रिकाले दोस्रो हाफमा १ गोल बेहोर्नुको साथै २ वटा रातो कार्ड बेहोर्‍ यो । इन्जुरी समयमा मेक्सिकोले पनि १ रातो कार्ड बेहोर्दा विश्वकप २०२६ को उदेघाटन खेल रातो कार्डमय बनेको हो ।