बालाजु होल्डिङ सेन्टरमा पुगेर गृहमन्त्रीले मागे सुकुम्वासी परिवारसँग माफी
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित सुकुम्वासीहरू राखिएको दुईवटा होल्डिङ सेन्टरको आकस्मिक अवलोकन गरेका छन्। अवलोकनका क्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्वासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी समेत मागेका छन्। आफू मन्त्रालयको कार्यभारमा नरहेका बेला सुकुम्वासी बस्ती हटाइएको भए तापनि सरकार उनीहरूको उचित व्यवस्थापनप्रति गम्भीर रहेको उनले स्पष्ट पारे।
