इरानमाथि ‘आज राति' कडा हमला गर्ने ट्रम्पको घोषणा, खार्ग टापु पनि नियन्त्रणमा लिने
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।उनले ‘आज राति’ इरानमाथि शक्तिशाली हमला गर्ने र आगामी दिनमा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुसहित महत्वपूर्ण तेल तथा ग्यास पूर्वाधार आफ्नो नियन्त्रणमा लिने दाबी गरेका छन्।ट्रम्पले इरानको नौसेना, वायुसेना, रडार प्रणाली, हवाई प्रतिरक्षा तथा अधिकांश आक्रमण क्षमताहरू नष्ट भइसकेको दाबी गर्दै अब थप निर्णायक सैन्य कारबाही हुने उल्लेख गरेका छन्।
