समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका १३२ जना ऋणीको नामावली सार्वजनिक गरेको छ। जसमध्ये हाम्रो नयाँ कृषि सहकारीको १२ जना र कृषि विकास बहुउद्देश्यीय सहकारीका १२० जना ऋणीहरू छन्।समितिले २०८३ वैशाख २३ गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ। समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ।
