SHARE
अन्नपूर्ण · बिहीबार २८ जेठ २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

नक्कली सिँचाइ कार्यालय खोलेर ठगी, श्रीमान श्रीमती नै पक्राउ

बर्दियाको ठाकुरबाबा नगरपालिका-३ बगनाह बजारमा रहेको एक घरमा प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग नामक नक्कली कार्यालय खोलेर ठगी गर्ने २ जना पक्राउ परेका छन्। उक्त कार्यालय मार्फत कर्मचारी नियुक्ति तथा मजदुरी काममा लगाइदिने प्रलोभन देखाई कामदारहरूलाई ज्याला नदिने, घरधनीलाई घरभाडा भुक्तानी नगर्ने तथा सरकारी कागजात र छाप नक्कली रूपमा प्रयोग गर्ने दम्पती पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।