SHARE
अन्नपूर्ण · बिहीबार २८ जेठ २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

फाष्ट ट्रयाकको पिकअप भ्यान दुर्घटना, ईञ्जिनियर र चालकको मृत्यु

काठमाडौं : तराई-मधेश फाष्ट ट्रयाकको पिकअप भ्यान दुर्घटना हुँदा ईञ्जिनियर र चालकको मृत्यु भएको छ ।  बुधबार राति साढे १० बजे माण्डु हाइड्रोपावरतर्फबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१-०३३च२१४४ नम्बरको योद्धा पिकअप (फास्ट ट्रयाकको गाडी) सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।