करको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोल्नु भएको छ : ज्ञानेन्द्र शाही
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले करको दर हेरफेरको विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदीय समितिमा गएर झुट बोलेको टिप्पणी गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शाहीले करको विषयमा आफूहरुले संसदीय छानविन समितिको माग गरेको रहरका लागि नभएको बताएका छन् । सांसद शाहीले सरकार र अर्थमन्त्रीलाई काम गर्न दिनु हुँदैन भन्ने मान्यतामा आफूहरु नरहेको समेत बताएका छन् ।
