भित्रिँदै मनसुन
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन केही दिनमा नेपाल भित्रिने अनुमान गरेको छ। केही दिनमा मनसुन भित्रिएन भने प्रणाली अलि पछि धकेलिने विभागले जनाएको छ।नेपालमा सामान्यतः जुन १३ मा मनसुन भित्रिने गर्छ। नियमित तालिका अनुसार हुने हो भने आगामी शनिबार नै नेपालमा मनसुन भित्रिने दिन हो। विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार यस वर्षको मनसुन नेपाल भित्रिने तरखरमा छ। मनसुन भित्रिएपछि एक सातामा यो देशैभरि फैलिने गर्छ।
