SHARE
अन्नपूर्ण · बिहीबार २८ जेठ २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

इरानमाथि अमेरिकाको पुनः शक्तिशाली हमला, तेहरानद्वारा ‘होर्मुज’ बन्द गरेको घोषणा

वासिङ्टन : अमेरिकी सेनाले इरानभित्र रहेका सैन्य ठेगानाहरूमाथि लगातार दोस्रो दिन पनि शक्तिशाली हवाई आक्रमण गरेपछि मध्यपूर्वमा युद्धको संकट गहिरो भएको छ । अमेरिकी हमलाको जवाफमा इरानले विश्वकै सबैभन्दा संवेदनशील व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ होर्मुज ’ मा व्यावसायिक जहाजहरूलाई निशाना बनाउनुका साथै सो जलमार्ग पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ।