ओरालो अर्थतन्त्र र युवा आशा
अर्थशास्त्री जोन मेनार्ड केन्सले विश्वासलाई अर्थतन्त्रको अदृश्य इन्जिन भनेका थिए। नेपालमा अहिले यही इन्जिन कमजोर छ। बजारमा विश्वास छैन। उद्यमीमा उत्साह छैन। युवामा आशा छैन। राज्यको भूमिका यहीनेर हुन्छ कि निजी क्षेत्रलाई विश्वासमा लिने, विश्वास जगाउने। युवामा आशा भर्ने।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को १० महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन हेर्दा निराशा देखाउँछ। मुलुकसँग विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।
