SHARE
अन्नपूर्ण · बिहीबार २८ जेठ २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

फिफा विश्वकप २०२६ : गोल्डेन बुटका १० दाबेदार

काठमाडौं : खेलकुदमा कतिपय अवस्थामा घटनाभन्दा पात्र महत्वपूर्ण हुने गर्छन्। अनि फुटबलजस्तो टिम खेलमा पनि धेरैजसो अवस्थामा पात्र विशेषको प्रदर्शन, व्यवहार र शैलीले आम समर्थकलाई समग्र नतिजाभन्दा बढी लोभ्याउँछन्।विश्व खेलकुदको सबभन्दा लोकप्रिय खेल मेला फिफा विश्वकपको २३औं संस्करण बिहीबार रातिबाट उत्तर अमेरिकाका तीन देशमा एकसाथ सुरु हुँदैछ। अमेरिका, मेक्सिको र क्यानडामा हुने फुटबलको सबभन्दा ठूलो यो प्रतियोगिताले झन्डै ६ साता विश्वकरका फुटबल समर्थकको ध्यान केन्द्रित गर्ने छ।