SHARE
अन्नपूर्ण · बिहीबार २८ जेठ २०८३ ०१:०० AM · 1 मिनेट पढाइ

सुरक्षित वैदेशिक गन्तव्यका लागि इपीएस कोरिया : निर्देशक ढकाल

सिमरा : वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपीएस) कोरिया शाखाका निर्देशक अनुप ढकालले वैदेशिक रोजगारीको बाध्यात्मक अवस्थामा इपीएस कोरिया सुरक्षित र भरपर्दो विकल्प भएको बताएका छन्।बाराको सिमरामा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक ढकालले सरकारले वैदेशिक रोजगारीमा जान प्रोत्साहन नगर्ने भएपनि जानुपर्ने बाध्यात्मक अवस्थाका लागि इपीएस कोरिया सबैभन्दा सुरक्षित माध्यम भएको बताए।