SHARE
अन्नपूर्ण · बिहीबार २८ जेठ २०८३ ०१:०० AM · 1 मिनेट पढाइ

रानीसैन विवाद चर्किएपछि लाम्पाटामा संयुक्त सुरक्षा बेस

बाजुरा : बाजुरा र हुम्लाका स्थानीयबीच लामो समय देखि विवादित रहँदै आएको रानीसैन-लाम्पाटा क्षेत्रको सुरक्षा अवस्था जटिल बन्दै गएपछि सरकारले लाम्पाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको छ। पछिल्ला केही साता यता भएका कुटपिट, आगजनी तथा बाजुराका स्थानीय माथिका आक्रमणका घटना पछि सुरक्षा उपस्थिति बढाइएको हो।