SHARE
अन्नपूर्ण · बुधबार २७ जेठ २०८३ ०६:०२ PM · 1 मिनेट पढाइ

दक्षिण अफ्रिकाको जोहान्सबर्गमा गोलीबारी, १२ जनाको मृत्यु

दक्षिण अफ्रिका : दक्षिण अफ्रिकाको जोहान्सबर्गमा एक सामुहिक गोलीकाण्डमा १२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार यस घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ, जसमा तीन जना महिला पनि छन् ।यस गोलीकाण्डमा अन्य नौं जना घाइते भएका छन् । उनीहरू सबैलाई गोली लागेको छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यो घटना मंगलबार राति क्लीवल्यान्डको एउटा झुग्गी बस्तीमा भएको हो । आक्रमणकारीहरूको खोजीका लागि अनुसन्धान जारी छ ।