प्रधानमन्त्रीको गल्ती परराष्ट्रमन्त्रीले सच्याउनु न्यायोचित हुँदैन : हर्क साम्पाङ
काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले गरेको गल्ती परराष्ट्रमन्त्रीले सच्याएर नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद राईले नेपालले भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति लिखित रुपमा भए पनि प्रधानमन्त्रीले नै सच्याउनु पर्ने बताए ।सांसद राईले आफूले दिएको अभिव्यक्ति प्रधानमन्त्रीले सच्याउन नभ्याए लिखत पठाएर परराष्ट्रमन्त्रीबाट सच्याउन सक्ने बताए ।
