SHARE
अन्नपूर्ण · बुधबार २७ जेठ २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

संसदमा रेकर्ड भइसकेको अभिव्यक्ति प्रधानमन्त्रीले संसदबाटै फिर्ता लिनु पर्छ : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका सांसद भिष्मराज आङदेम्बेले संसदमा रेकर्ड भइसकेको सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति आफैले संसदबाट फिर्ता लिनु पर्ने बताएका छन् ।प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद आङदेम्बेले भारतमा ज्वाहरलाल नेहरु र नेपालमा वीपी कोइरालाले संसदका महत्वपूर्ण बैठकमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने थिति बसालेको बताउँदै संसदमा हुने प्रधानमन्त्रीको उपस्थिति विशेष महत्वको हुनुपर्ने बताए ।