SHARE
अन्नपूर्ण · बुधबार २७ जेठ २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

संसदमा देखिएको संकट समाधान प्रधानमन्त्रीको हातमा छ : एमाले

काठमाडौं : नेकपा एमाले संसदीय दलका नेता समेत रहेका सांसद रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति अभिलेखबाट नहटाएसम्म संसदको कारवाही अगाडि बढ्न नसक्ने बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद थापाले संसदमा देखिएको संकटको समाधान प्रधानमन्त्रीको हातमा रहेको बताए ।