SHARE
अन्नपूर्ण · बुधबार २७ जेठ २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

श्रम सँस्कृति पार्टीले गर्यो बेल घेराउ गर्दै संसदमा नाराबाजी

काठमाडौं : श्रम सँस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि समय नै नमागेका श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न पाउनु पर्ने माग गर्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।रोष्ट्रम प्रयोग गरेर दलीय आधारमा बोल्न समय दिइरहेका सभामुखले श्रम संस्कृति पार्टीका सांसदलाई नबोलाई राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न लागेका थिए ।