अर्थमन्त्री वाग्लेमाथि एमालेको आरोपः ट्रकमा बोक्नुपर्ने गरी आर्थिक चलखेल भयो
काठमाण्डु– एमाले सांसद् क्षितिज थेबेले अर्थ विधेयक पटकपटक हेरहेर गरेर ‘ठूलै ट्रकमा पनि नअटाउने’ गरी रकम चलखेल भएको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार थेबेले उक्त चलखेलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संलग्नता देखिएको आरोप लगाए । उक्त विषय गम्भीर भएकाले अर्थमन्त्री वाग्लेले नैतिक जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।
