प्रि-ओपनमा घट्याे नेप्से
काठमाण्डु– साताको कारोबारको पहिलो दिन प्रि-ओपन सेसनमा सेयर बजार घटेको छ । यस अवधिमा नेप्से ६ अंकले घटेर परिसुचक २७४९ मा झरेको छ । यस अवधिमा ५५ कम्पनीको १५ हजार ७१४ कित्ता सेयर कारोबार हुँदा १ करोड ११ लाख ३७ हजारको कारोबार भएको छ ।
