बाणगंगामा ७४ वर्षीय एक पुरुष मृत अवस्थामा फेला
कपिलवस्तुको बाणगंगा नगरपालिका ८ मधुवनमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् । ७४ वर्षीय लालबहादुर खत्री आईतबार आफ्नै घर नजिकको खेतमा मृत अवस्थामा फेला परेका हुन् ।आईतबार विहान करिब साढे ७ बजे घरदेखि करिब २०० मिटर दक्षिण खेतको छेउमा खत्रीको शव देखेपछि स्थानीयवासीले ईलाका प्रहरी कार्यालय पिपरालाई खबर गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
