लुम्बिनी विकास कोषका सदस्य राजा शाक्यद्वारा राजीनामा
कपिलवस्तु। लुम्बिनी विकास कोषका सदस्य–सचिव सानु राजा शाक्यले आफ्नो पदबाट राजीनामा दिएका छन्। स्रोतका अनुसार शाक्यले राजीनामा पत्र बुझाइसकेका छन्, तर सो राजीनामा औपचारिक रूपमा स्वीकृत भइसकेको छैन ।शाक्यले राजीनामा दिएपछि कोषको प्रशासनिक कामकाजमा कठिनाइ आएको बताइएको छ । उनीसँग सम्पर्क गर्न प्रयास गर्दा पनि उनले फोन उठाएका छैन्न ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
