क्रिकेट स्टार रोहित पौडेल बने ओमोडा र जेको ईभी ब्रान्ड एम्बेसडर
काठमाडौं । नेपाल नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रा.लिले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर बनाएको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमकोबीच पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर बनाएको आधिकारिक घोषणा गरेको हो ।
