SHARE
लोक पथ · सोमबार ५ साउन २०८२ ०८:०७ AM · 1 मिनेट पढाइ

काठमाडौं जिल्ला अदालत परिसरमै सुरु भयो कानुनी सहायता केन्द्र

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा वैतनिक वकिल तथा कानुनी सहायता तथा परामर्श केन्द्र स्थापना भएको छ । सोमबार काठमाडौं जिल्ला अदालत परिसरमा एक कार्यक्रमको आयोजना गरी केन्द्रको औपचारिक उद्घाटन गरिएको हो । अदालतमा सुरुदेखि नै एक जना वैतनिक वकिल र एक कानुनी सहायता अधिकृतको व्यवस्था रहेको भए पनि उनीहरूको आफ्नै कार्यकक्ष भने थिएन ।