SHARE
लोक पथ · सोमबार ५ साउन २०८२ ०८:५१ AM · 1 मिनेट पढाइ

कृषिमन्त्री अधिकारीले सार्वजनिक गरे एक वर्षको उपलब्धी : के–के गरे काम ?

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको बताएका छन् । मन्त्री बनेको एक वर्ष पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले लामो समयदेखि समस्याका रुपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको बताए ।