जनता मन्त्रीकहाँ होइन, मन्त्री जनतामाझ पुग्नुपर्छ : प्रतिभा रावल
चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने र समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन् । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री रावलले जनताका समस्या सुन्न र सरकारका कामबारे जानकारी दिन मन्त्री आफैँ जनतामाझ पुग्नुपर्ने बताइन् ।
