SHARE
लोक पथ · सोमबार ५ साउन २०८२ ०९:२६ AM · 1 मिनेट पढाइ

चाक्सिबारीमा कांग्रेसको संस्थापन समूहका ७ नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरुको बैठक बसेको छ । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका उपप्रधानमन्त्री एवं शहरीविकासमन्त्री प्रकाशमान सिंहको संयोजनमा बैठक बसेको हो । यसअघि पनि कांग्रेसका ७ नेताहरुले भेला गरेर आगामी १५औँ महाधिवेशनबारे छलफल गरेका थिए । संस्थापन समूहका नेताहरुले आगामी महाधिवेशनमा सर्वसम्मत रुपमा उम्मेदवार छनोटका लागि तयारी गरेका हुन् ।