कपिलवस्तुमा ब्यबसायिक मोरिङ्गा बृक्षारोपण
बाणगंगा । नेपाल स्वयंसेवक संघको आयोजना, मायादेवी साझेदारी बन उपभोक्ता समूहको सहकार्यमा श्री झन्डा माध्यमिक बिद्यालय कपिलवस्तुको जग्गामा वृक्षारोपण गरिएको छ। बिद्यालयको परिसर भित्र रहेको जग्गामा ब्यवसायिक सित्तलचिनी सहजन, मोरिङ्गाको ब्यवसायिक खेती गर्ने उद्देश्यले बिरुवा लगाइएको हो ।बिद्यालयको करिब दस कठ्ठा क्षेत्र फलमा छ सय बिरुवा लगाइएको बिद्यालय का प्रचार्य कृष्णा टण्डनले जानकारी दिइन ।
