रास्वपा निर्देशनपछि उपसमिति बैठकमा खगेन्द्र सुनार अनुपस्थित
काठमाण्डु– निर्वाचन प्रहरीका लागि पोशाक खरिदमा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न गठित संसदीय उपसमिति बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् खगेन्द्र सुनार अनुपस्थित भएका छन् । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सुनार अनुपस्थित भएका हुन् । एक महिलासँग भएको कुराकानीको अश्लील अडियो सार्वजनिक भएपछि विवादमा परेका सुनार रास्वपा अनुशासन आयोगको छानबिनमा छन् ।
