अमेरिकाले नेपाललाई १५ करोड डलरभन्दा बढीका हेलिकोप्टर, ड्रोन र जेटबोट दिने
काठमाण्डु- अमेरिकाले नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यका अमेरिकी हेलिकोप्टर, ड्रोन र नदीमा सञ्चालन हुने जेटबोट दिने भएको छ। यी उपकरणको आपूर्ति आगामी वर्षदेखि सुरू हुने काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार जानकारी दिएको छ।
