कांग्रेसको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी, शपथ ग्रहणदेखि पदबहालीसम्म नयाँ अभ्यास
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले बिहीबारदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हालेको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आयोजित विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै जिम्मेवारी सम्हालेका हुन्। बिहीबार दिउँसो ३ बजे आयोजित समारोहमा सभापति गगनकुमार थापाले अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका थिए।
