मोइन अलीको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित
काठमाण्डु- माेइन अलीको उत्कृष्ट अर्धशतक र राहुल यादवको घातक मद्दतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले काठमाण्डुलाई ८ विकेटले पराजित गरेको हो। काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो।
