श्रम अदालतको आदेशपछि एभरेष्ट पेपर मिल्सका श्रमिकले पाए ६ करोड ३६ लाख रुपैयाँ बक्यौता
काठमाडौं। एभरेष्ट पेपर मिल्स प्रा.लि.का १७४ जना श्रमिकले लामो समयदेखि रोकिएको सेवा सुविधा र पारिश्रमिकबापतको रकम पाएका छन् । कम्पनीले कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ पारिश्रमिक दिएको हो ।
