कमलसिंहको उत्कृष्ट बलिङमा चितवनसँग विराटनगर ८ रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विजयी सुरुआत गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो। विराटनगरलाई लक्ष्यसम्म पुग्न नदिन चितवनका कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गरे।
