यूएन इएससीएपीको सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री बैंकक प्रस्थान, जलवायु क्षतिपूर्तिको मुद्दा उठाउने
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन उनी मंगलबार बैंकक गएका हुन् ।
