ब्राजिलको चुनावमा ट्रम्पको टिप्पणी: 'लुइज मन परे पनि निर्वाचन निष्पक्ष भएन'
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपतीय निर्वाचनलाई लिएर प्रतिक्रिया दिएका छन्। उनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा आफूलाई मन पर्ने बताए पनि चुनाव भने धाँधलीपूर्ण भएको बताएका छन्।सोमबार दिएको अभिव्यक्तिमा ट्रम्पले भने, 'मलाई यो सब धेरै नराम्रो लाग्यो। मैले कसैको पक्ष लिइनँ, तर यो अर्को धाँधलीयुक्त निर्वाचन जस्तो देखियो। मैले कसैको समर्थन गरेको थिइनँ, तर चुनाव हेरेपछि यो धेरै भ्रष्ट र खराब लाग्यो।
